घरायसी विवादको कारण घाँटी थिची श्रीमतीको हत्या

काठमाडौँ । मकवानपुरमा घरायसी विवाद हुँदा श्रीमानले आप्नै श्रीमतीको हत्या गरेको छ । आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा बकैया गाउँपालिका ५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनीलाई आइतबर राति प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको सुनचाको आधारमा ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हत्यारा पवन माथी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।