हेर्दाहेर्दैमा राखिएको गभर्नरको मुद्दा आज सुनुवाइ हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ। अधिकारीको रिट निवेदनमा बिहीबार भएको सुनुवाइ नसकिए पछि हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको हो ।

वैशाख १३ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा गभर्नर अधिकारी माथी सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण हिजोका लागि तय भएको थियो । हिजो सरकारी पक्षका वकिलहरुले बसह गर्दा नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।

गभर्नर अधिकारीले बिना जानकारी र बिनास्पष्टीकरण आफूमाथि छानबिन गर्न भनेर समिति गठन गरिएको उल्लेख गरेका छन् । उनले उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

गत चैत २५ गतेको भएको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए ।