निर्वाचनको लागि दिएको उम्मेदवारी रद्द

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिइएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नं ५ मा दलित महिला सदस्यमा उम्मेदवारी दिइएकी लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिइएका नेकपा एकीकृत समाजवादीका पार्वतीदेवी भाट र वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिइएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ ।

नेकपा एकीकृत समाजवादीका दिलीपराज भण्डारीले वडा नं ६ को वडाध्यक्षमा दिइएको उम्मेदवारी पनि रद्द भएको छ । वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ ।

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट रहेका छन् । उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा ओवादी केन्द्रका शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला रानाथारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी रहेका छन् ।

जिल्लाको पूर्वी क्षेत्रको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ ।