रोशीमा पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडौँ । काभ्रेको रोशीमा पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना नेपाल रहेका छन् । रोशी गाउँपालिका ११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

भारतीय पर्यटक बोकेको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौँ जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।

र्दुघटनामा मृतक ६ र ७ वर्षको बालकसहित अन्य मृतकको पहिचान खुलि नसकेको डिएसपी खतिवडाले बताएका छन् । उक्त दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।