निर्वाचनमा कांग्रेसको अहंकारले गठबन्धन टुट्यो

काठमाडौँ । स्थानीय निर्वाचन आउन पाँच दिन बाकि हुँदा पोखरामा ५ दलीय गठबन्धन टुटेको छ । जनता समाजवादीले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ । जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताएका छन् । आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन् ।

निर्वाचनमा गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उनले भने, ‘व्यवहारतः यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन । हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौं ।’

उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी समेत दिएका छन् । स्थानीय निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौं । अघि लेखेका छन्, ‘हाम्रो पार्टीको नाम ,झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न अध्यक्ष राजु क्षेत्रीले चेतावनी दिइएका छन् ।