साङपाङका वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडौँ । स्थानीय तहको निर्वाचन हुन केहिदिन बाँकी हुँदा भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका १० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी गराएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जानकारी गराएको छ । घाइते भएका उम्मेदवार तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । तामाङ माथि खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले बताएका छन् ।