प्रतिनिधिसभा सांसदहरुबिच विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल भईरहेको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो ।

बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकममा १ सय रुपैयाँ घटाइयोस, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्, भनी खर्च कटौतीको प्रस्ताव सांसद दुर्गा पौडेलले ‘ प्रस्तुत गरेका छन् ।

सांसद कृष्णभक्त पोख्रेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ १ रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । सांसद शेरबहादुर तामाङले २०७९ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

‘विनियोजन विधेयक, २०७९ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव सांसद भीमबहादुर रावलले प्रस्तुत गर्दै सांसदहरुबिच विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफल कार्य जारी रहेको छ ।