नुवाकोटमा खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

काठमाडौँ । नुवाकोटमा खोलाले बगाउँदा शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा दुप्चेश्वर गाउँपालिका ६ का ३५ वर्षीय राधिका आचार्य रहेकी छन् । उनको आज सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

प्रहरी खड्का अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्भेको बा।९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भइ भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो ।

घटनास्थलभन्दा ५ सय मिटर तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जानकारी दिइएको छ । उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत हुरेकी थिइन ।