वरिष्ठ तवलावादक अच्चुतराम भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना

काठमाडौं । वरिष्ठ तवलावादक अच्चुतराम भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेलले अच्चुतराम भण्डारी संगीत प्रतिष्ठानको एक समारोह बीच शनिबार उद्घाटन गरेका थिए ।

र्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका खरेलले अच्चुतराम भण्डारी संगीत प्रतिष्ठानले गीत सगीतको महत्वपूर्ण बाद्यवादन तवला र तालको महत्वलाई अझ प्रभावकारी ढंगले आम संगीत पारखीसम्म पु¥याउनका लागि महत्वपूर्ण कार्य गर्ने बताए ।

उनले वाद्यवादन मध्ये तवला निकै कठिन वाद्यवादन भएकाले तवला बाद्यवादक उत्पादन गर्नका लागि प्रतिष्ठानले प्रशिक्षण समेत सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानलाई सवै तह र तप्काबाट सहयोग गर्न पनि आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका वरिष्ट कलाकार हरिहर शर्माले संगीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै स्वाभिमानी बनाउन सिकाउने बताए । अरु पेशा भन्दा कलाकारिता पेशा आफ्नै श्रम र सीपबाट आफ्नो जीवनलाई सार्थक बनाउन सक्ने गर्व गर्न लायक पेशा भएको बताए ।

त्यस्तै कार्यक्रम साहितत्यकार विजय चालिसेले सरकारले सञ्चालन गरेका प्रज्ञा प्रतिष्ठानहरुले काम गर्न नसकिरहेका बेला अच्चुतराम भण्डारी प्रतिष्ठानले नेपाली संगीत क्षेत्रलाई पुर्नजिवीत बनाउने कार्य गरिरहेको बताए । उनले तवला प्रशिक्षणमा प्रतिष्ठान सक्रिय रहेको प्रतिष्ठानलाई अझ सक्रिय बनाउन आग्रह पनि गरे ।

कार्यक्रम प्रतिष्ठानका संरक्षक तवला गुरु एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपपप्राध्यापक अच्चुतराम भण्डारीले आफूले तवलामा नै जीवन सुम्पेका लागि प्रतिष्ठान मार्फत विपन्न बर्गका बालबालिकालाई निःशुल्क तवला प्रशिक्षण गराई सार्थक जीवन अगाडि बढाउन र सगीतमा तवलाको इतिहासलाई अझ प्रगाढ बनाउनका लागि आफ्नो जीवनभर नै सक्रिय रहने बताए ।

कार्यक्रममा प्रतिष्ठानमा प्रशिक्षण लिईरहेका ७ वर्षदेखि ७० वर्षसम्मका तवला प्रशिक्षार्थीहरुले विभिन्न प्रस्तुति गर्नु गरेका थिए ।