आइतबार भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारणको मृत्यु

काठमाडौँ । मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर ४ जना सैनिकको ज्यान गएको छ । चार सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।

सो हमलामा परेर अरु २ सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो । हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो । उक्त आक्रमणमा पाँच जना सो समूहका सदस्य पनि मारिएका छन् ।

मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको जानकारी दिइएको छ ।