भन्सार छलि लैजान लागेको सुन सहित एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अन्दाजी ६० ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बेरुवा औठी १ थान र ब्रासलेट १ थान सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ६ घर भएका ३३ वर्षीय पदम स्याङ्तान रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेजको उडानद्धारा दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई जाँच गर्दा भित्री वस्‍त्रमा उक्त धातु लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।