पर्सामा श्रीमाले गरे श्रीमतीको हत्या

काठमाडौँ । पर्सा आफ्नै श्रीमानले श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको छ । हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका २३ ईटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिनेशले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिइएको छ ।