विदेशी प्रेमिका एनीसँग गरे अभिनेता कार्मले विवाह

काठमाडौं । विदेशी प्रेमिका एनी सोफीसँग अभिनेता कार्मले विवाह गरेका छन् । बिहेभोजको आयोजना भदौ ४ गते गरेका छन् । उक्त बिहे रिसेप्सनलाई परम्परागत नेवारी भोज भनिएको छ ।

कार्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले आयोजना गरेको निम्तोमा कार्म वेड्स एनी सोफी लेखिएको छ । कार्म र एनीले आफू निकट फिल्मकर्मी, व्यवसायी र साथीभाइलाई रिसेप्सनको निम्तो दिएका छन् ।

एनी युरोपेली रहेको र उनी कार्मसँग केही वर्षदेखि रिलेसनसिपमा रहेको बुझिएको छ । कार्मले पनि आफ्नो विवाह गत वर्ष नै भइसकेको र कोरोना महामारीका कारण बिहेभोजमा ढिलाइ भएकाले बल्ल आयोजना गर्न लागेको बताए ।