काठमाडौं, फागुन । प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।
प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ भने ४, ६ र ७ नम्बर प्रदेशमा क्याबिनेट गठन हुन बाँकी छ ।
विहीबार प्रदेश ६ र ७ मा माओवादी केन्द्रका नेताहरु महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएसँगै सबै प्रदेशले मुख्यमन्त्री पाएको हो ।
संघीयतामा प्रवेशसँगै पहिलो मुख्यमन्त्री बन्ने भाग्यमानीहरुमा शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट छन् ।
प्रदेश १ मा शेरधन राई, प्रदेश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणि पौडेल र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री निर्वाचित भइसकेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री संघीय समाजवादी फोरमका हुन् भने अरु ३ वटा प्रदेशका मुख्यमन्त्री एमालेबाट निर्वाचित भएका हुन् ।
Add Comment