‘प्रेमगीत ३’ को हिन्दी संस्करणका चार रोमान्टिक गीत रिलिज

काठमाडौं । सन्तोष सेन र स्वर्गिय छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएको छ ।

आगामी असोज ७ गते देखी नेपाली र हिन्दी भाषामा एकै साथ नेपाल र भारतसहितका देशमा रिलिज हुने फिल्मको जी म्युजिकले सार्वजनिक गरेको गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन् । ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर रहेको छ ।