रोकिएन सुन तस्करी,नागढुङ्गामा ३ किलो सुन प्रकाउ

काठमाडौं  । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकामा ३ किलो अवैध सुन बरामद गरेको छ । सुनसहित जिल्ला चम्पावत वडा नम्वर ३ वस्ने वर्ष १९ को दिपक कुमार मौर्य भारतिय नागरिक ,जिल्ला महेन्द्र नगर भिमदत्त नगरपालिका वडा नम्बर ६ वस्ने २३ को मनोज विक सहित २ जना पक्राउ परेका छन् ।

काठमाडौंवाट भारत तर्फ सुन लैजाने क्रममा नागढुङ्गा प्रहरी प्रभागको प्रमुख केशव राज भट्ट नेतृत्वको टोलीले ३ केजि सुन सहित उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेले वताए ।

उनीहरुले भारतीय मारूती सुजुकी अल्ट्रो  (UK 024684)को गाडीको एयरफिल्टरमा लुकाई छिपाई लैजादै गर्दा ३ केजि सुन वरामद गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरिक्षक केशवराज भट्टले वताए । उक्त गाडी पटक पटक सुन तस्करी प्रयोग भई भारत निकासी भइसकेको हुन सक्ने प्रहरीको आशंका छ।संगठित अपराधका रुपमा सुन तस्करी भएको प्रहरीको भनाइ छ । वरामद सुन र सुन तस्करलाई नागढुङ्गावाट महानगरीय प्रहरी वृत्तमा थप अनुसन्धानको लागि पठाईएको छ । सुन कुन नाकाबाट ल्याइएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।