नेप्से परिसूचकमा दोहोरो अङ्कको ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१६ अङ्कले ओरालो लागेर १ हजार ९ सय ५१.८४ मा सीमित भएको छ ।

कूल २ सय २७ कम्पनीको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता शेयर रु एक अर्ब १९ करोड ७ लाख ६५ हजार छ सय १३ मूल्यमा खरिद बिक्री गरेको छ । 

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण  २७ खर्ब ९९ अर्ब ७० करोड ९७ लाख ५४ हजार ६ सय ३६ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालउन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड १४ लाख १८ हजार ७ सय २६ बराबरको कारोबार गरेको छ । रिडी हाइड्रोपावर ९ करोड ११ लाख ७० हजार १ सय ४७, सानिमा माई हाइड्रोपावर ८ करोड ५५ लाख ८७ हजार २ सय ८५, नबिल बैंक ५ करोड ६६ लाख ८५ हजार ४ सय ७९ र नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ३० लाख ९५ हजार ७ सय ९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त ९.६८, एनएमबी हाइब्रिड फण्ड एक दुई दशमलव ५४, सामुदायिक लघुवित्त १.९९, मन्दाकिनी हाइड्रोपावर १.९६ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले एक दशमलव ४२ प्रतिशतले गुमाएको छ ।

यस्तै, सानिमा माई हाइड्रोपावर ७.३२, हिमालयन एभरेष्ट इन्स्योरेन्स ६.०२२, जोशी हाइड्रोपावर पाँच दशमलव ५३, रुरु जलविद्युत् परियोजन ४.८९ र रिभर फल्स पावरका लगानीकर्ताले ४.५५ प्रतिशतले गुमाएका छन् ।