बागमती प्रदेशमा डेँगुबाट ११ को मृत्यु

काठमाडौँ । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा ४, ललितपुरमा २ , सिन्धुपाल्चोकमा २, मकवानपुरका १ , सिन्धुलीमा १ जना र धादिङमा १ जनाको मृत्यु भएको बताए ।

सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार ८ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् । हालसम्म १३ हजार ३ सय ७५ जना डेँगुका बिरामी फेला परेको छ ।

काठमाडौँमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ८ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।