न्यायका लागि टाँसिएका पोष्टर प्रहरीले च्याते

काठमाडौं, मंसिर । निर्मला पन्तको न्यायका लागि स्वस्र्फूत रुपमा आवाज उठाउँदै आएका  १२ जना युवालाई नेपाल प्रहरी पक्राउ गरेको छ । उनीहरुलाई अनामनगर प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले कसैलाई पनि भेट गर्न दिएको छैन । 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर न्यायको माग गर्दै टाँस्ने क्रममा उनीहरुलाइ बवरमहलन स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडिबाट पक्राउ गरेको हो ।

न्यायको माग गर्दै हिंडेका नागरिकलाई विनापूर्जि फक्राउ गरी राखिनु लोकतन्त्रको उपहास भएको अधिवक्ता स्वागत नेपालले जनाएका छन् ।

संसारको लोकतन्त्रमा यसरी पक्राउ पर्नेहरुसँग वकिलहरुलाई भेट गर्न दिने गरिएको भएपनि नेपालमा अहिले वकिललाई समेत भेट गर्न नदिएर वर्तमान लोकतन्त्रको स्पष्ट नमूना देखिएको उनले बताएका छन् ।

त्यसैगरी निर्मलाको न्यायका लागि काठमडौंमा ठाउँमा ठाउँमा टाँगिएका पोष्टर प्रहरीको सहायता लिएर उप्काउने काम भएको छ । पन्तको चार महिना अगाडि बलात्कार पछि  हत्या गरिएको पुष्टि हुँदा समेत सरकारले अपराधी पक्राउ गर्न नसकेको भन्दै अहिले निर्मलाको न्यायका लागि स्वस्पूmर्त रुपमा युवाहरुले पोष्टर टाँस्दै आएका छन् । जुन प्रहरीले च्यात्ने काम गरेको छ ।