भरुवा बन्दुक सहित एक पक्राउ

काठमाडौँ । एक नाले भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पार्नेमा पर्वतको पैयुँ गाउँपालिका ६ साधने बस्ने २१ वर्षीय बम क्षेत्री रहेका छन् । उनलाई अवैध एक नाले भरुवा बन्दुक १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनकै घर कोठाबाट लुकाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।