रवि लामिछाने र गठबन्धनको टोलीबीच झडप

काठमाडौँ । निवार्चको प्रचारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने सत्ता गठबन्धनको टोलीबीच चितवन कुरिनटार नजिकै झडप भएको छ । आइतबार दिउँसो साढे तीन बजेतिर उक्त घटना भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाका अनुसार प्रचारका लागि उनका समर्थक चढेको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा गाडीको अगाडिको सीसा फुटेको छ ।

आइतबार मुग्लिन कुरिनटार क्षेत्रमा पार्टीले चुनाव प्रचार र घरदौलो कार्यक्रम राखेको थियो । उम्मेदवार लामिछाने सीसा फुटेको भन्दा अघिल्लो गाडीमा सवार थिए ।

ुलामिछानेको टोली अगाडि बढिरहँदा अर्को साइडबाट गठबन्धनको प्रचार टोली आइरहेको थियो । ुगठबन्धनको पनि आज घरदैलो थियो । हाम्रो टोली फर्किरहँदा अर्को साइडमा गाडीमा रहेका रविका समर्थकहरूले हाम्रा समर्थक तिर हात देखाउँदै घण्टी बजाउन थालेपछि भनाभन जस्तो भएको हुँदा गठधन्धनको प्रचार टोलीमा रहेका कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले भने ।