घरभित्र मृत अवस्थामा महिला फेला

काठमाडौँ । ईस्मा गाउँपालिका ५ स्थित दरिनढुंगामा आफ्नै घरभित्र महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

सोमबार राति ७४ वर्षीय जीवकला थापा आफ्नै घरभित्र मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। प्रहरीका अनुसार मृतक वृद्धले लगाएका गरगहना समेत साथमा नभएको र बाहिर ढोकामा ताल्चा लगाएको बुझिएको छ।

मृतक महिलाले लगाएका गरगहनाका लागि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनी घरमा एक्लै बस्दै आएको बुझिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।