सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोलामा १ हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।