सिंहदरबारमा भव्य रुपमा मनाउँदै पृथ्वीजयन्ती

काठमाडौं, पुस । पौष २७ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा लामो समयदेखि राष्ट्रिय रुपमा सरकारले नै मनाउँदै आईरहेको थियो । बाईसे चौविसे राज्य लाई एकसूत्रमा गाँसेर सिंगो नेपाल निर्माण गरे उनले । नेपालमा राजतन्त्र रहुञ्जेल पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा एकता दिवस भव्य रुपमा मनाउँदै आईरहेको थियो । जव देशमा गणतन्त्र स्थापना भयो त्यस पश्चात आपूmलाई क्रान्तिका महानायक भनाउँदाहरुले २०६२÷६३ को आन्दोलनले सफलता हासिल गरे पश्चात सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको सालिक भत्काउने प्रयास पनि गरे । श्री पेच भत्काएपनि सालिक भने भत्काउन पाएनन् ।
यद्यपी अहिले मुलुक संघीयतामा गईसकेपश्चात राष्ट्रिय एकता दिवस मनाउने काम केही संघसंस्था र राप्रपा नेपालले भने निरन्तरता दिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा नदिएपछि केही स्थानीय तहहरुले भने सार्वजनिक विदा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा नै दिएको छ ।
सरकारले राष्ट्रिय एकता दिवस नमनाए पनि प्रज्ञा भवनमा आयोजित कार्यक्रम रक्षा मन्त्री ईश्वर पोख्रेलले प्रमुख अतिथिका रुपमा शाहको योगदानको व्याख्या गर्न भ्याए । विहिबार प्रधानमन्त्री केपी ओलीले पनि निकै प्रशंसा गरे । काठमाडौंको ंिसंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहका सालिकमा ११ः ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले माल्र्यापण गर्ने छिन् । विहानैदेखि एकता दिवस मनाउने समूह तथा राप्रपाले झाँकी सहितको ¥याली लिएर पृथ्वी नारायण शाहको सालिकमा माल्र्यापण गरेका थिए । राप्रपाका अध्यक्ष कमल थापा लगायतले १०ः३० बजे शाहको सालिकमा पुष्प गुच्छा सहित माल्र्यापण गरेका थिए ।
भने राप्रपा नेपालल पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय सभागृहमा चियापान कार्यक्रमको आयोजन गरेको छ । कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत राजनीतिक दलका प्रमुख नेताहरु उपस्थित हुने आयोजकले बताएको छ ।