महानगरका प्रवक्ताले गरे उपत्यका विकास प्राधिकरण खारेजीको माग

काठमाडौं, माघ । काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १५ का वडाअध्यक्ष इश्वरमान डंगोलले उपत्यका विकास प्राधिकरण खारेजी गर्नु पर्ने बताएका छन् ।
महानगरपालिकाको प्रवक्ताका रुपमा केही समयअ अगाडि मात्र थप जिम्वेवारी पाएपछिको पहिलो पत्रकार सम्मलेन गर्दै प्राधिकरण खारेजी गर्नु पर्ने बताएका हुन् । उनले प्राधिकरणले जननिर्वाचित प्रतिनिधिहरुलाई निर्देशन दिने कुनै हैसियत नभएको र संविधानले स्थानीय तहलाई दिएको अधिकार नै कुण्ठित गर्ने गरी आफूलाई प्रस्तुत गर्दै आईरहेको समेत आरोप लगाएका छन् ।
महानगरपालिकाले विगत ६ महिनामा गरेका प्रगति सार्वजनिक गर्दै उनले प्राधिकरण महानगरको अधिकारमाथि हस्तक्षेप गर्न लागेको आरोप समेत लगाए ।
प्रवक्ताले आयोजना गरेको पत्रकार सम्मलेन प्राधिकरण माथि नै बढी इंगित देखिन्थ्यो । तर उनले आफ्नो बचाउ गर्दै ६ महिनामा गरेका कामको विवरण समेत पेश गरेका थिए ।
महानगरले ६ महिनामा गरेको भनिएका कार्यहरु ः

०१) सबै वडा कार्यालयको आफ्नै भवन बनाउने उद्देश्य अनुरुप यो वर्ष २५ करोड बजेट छुट््याइएको छ । यसमा वडा नं. ६ र ७ निर्माणाधीन अवस्थामा छन् भने २६ र १८ को हालै शिलान्यास भएको छ । वडा नं. ४, ८, ९ र १४ को कार्यालय भवन खरिद प्रक्रियामा पुगेको छ ।

०२) काठमाडौं महानगरपालिका भित्रका सडकहरुको मर्मत सम्भारको लागि यस आ.व. मा १० करोड रुपैयाँ विनियोजन गरिएकोमा सो कार्य टेण्डर प्रक्रियामा गइसकेको छ ।

०३) रानीपोखरी पुनःनिर्माणको लागि १७ करोड छुट््याइएको छ भने रानीवारी विकासको लागि ३ करोड छुट््याइएको छ ।

०४) नारायणगोपाल स्मृति भवन तथा पार्क निर्माण, बालाजु पार्कको मास्टर प्लान सहरी योजना आयोगबाट भइरहेको छ ।

०५) विभिन्न स्थानमा आकासे पुल निर्माणको लागि १२ करोड रुपैयाँ छुट््याइएको छ । यसमा दुई वटा आकासे पुलको डिजाइन तयार भई कार्यान्वयनको लागि गइसकेको छ ।

०६) ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत सबै वडाहरूमा बत्ती जडान गरिने भएको छ । यसकालागि सबै वडाबाट ८,५०० थान सडक बत्तीको माग भएकोमा ६५० थान जडान भइसकेको छ ।

०७) कमलपोखरी मर्मत सुधार तथा नागपोखरीको सौन्दर्यीकरणको काम तत्कालै शुरु हुने भएको छ । यसका लागि १ करोड बजेट बिनियोजित गरिएको छ ।

०८) खुल्ला तारहरूको व्यवस्थापन गरी सहरी सौन्दर्यकरण गरिने भएको छ । अहिले विभिन्न वडाहरूमा यो कार्य शुरु भइसकेको छ ।

०९) विभागले हाल नक्सापासको जानकारी घरधनीलाई एसएमएसबाट दिन शुरु गरेको छ । हाल विभागले इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम (इबिपिएस) माध्यमबाट नक्सापास गर्ने प्रक्रिया लागू गरेको छ ।

१०) आर्थिक वर्ष २०७३÷०७४ मा २,५४२ वटा नक्सापास भएकोमा तीमध्ये ९७५ लाई निर्माण सम्पन्न प्रमाणपत्र दिइ सकिएको छ । त्यस्तै आ.व. ०७४÷०७५ मा २,७१८ वटा नक्सापास भएकोमा १,१३२ लाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ ।

११) काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीआरसीसी २५ औं ब्युरोसँग डिपिआरका लागि सम्झौता भएको छ ।

१२) महानगरका विभिन्न स्थानमा ६० वटा स्मार्ट सोलार डस्टबिन जडान गरि सकिएको छ ।

१३) वडा नं. २२ को धर्मपथस्थित कामपाको स्वामित्वमा रहेको जमिनमा पार्किङ बिल्डिङ बनाउन ईओआई सूचना जारी भएकोमा विभिन्न प्रस्ताव प्राप्त भइसकेको छ । प्रस्तावको अध्ययन भइरहेको छ ।

१४) नयाँ सडक र दरवारमार्गमा स्मार्ट पार्किङ राखिने भएको छ ।

१५) बिभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउन मस्यौदा तयार भइसकेको छ ।

१६) आकाशे पुलको स्तरोन्नतिको डिजाइन तयार भइसकेको छ ।

१७) फोहोर मैलाको दीर्घकालीन समाधानका लागि बञ्चरे डाँडामा व्यवस्थापन गर्ने सहमति भएको छ । सिसडोलदेखि बञ्चरेडाँडासम्म पुग्ने १.९ किलोमिटर सडक र बञ्चरेडाँडामा पूर्वाधार निर्माणको कार्य सहरी बिकास मन्त्रालयले गर्ने भएको छ ।

१८) सडकमा रहेका ढलको सरसफाई कार्यलाई अघि बढाएको छ ।

१९) घर बनाउँदा बाहिर राखिएका निर्माण सामाग्री घरधनी आफैलाई सफा गराउने काम गरिएको छ ।

२०) सडक सफा गर्न सडक विभागको ब्रुमर प्रयोग गरिएको छ । निकट भविष्यमै इटालीबाट महानगरपालिकाका आफ्नै पाँच वटा ब्रुमर आउँदैछन् ।

२१) टुँडिखेल वरिपरिको जाम हटाउन पिक एण्ड ड्रप प्रणाली लागू गरिएको छ । केही गुनासो आए पनि नतिजा राम्रो देखिएको छ । कोटेश्वरको जाम हटाउन पनि स्थलगत अध्ययन शुरु भएको छ ।

२२) धेरै मठ मन्दिर भएका भित्री ११ वटा वडामा विशेष व्यवस्था गरी फुटपाथ पसल हटाउने, बाटोमा इँटा छाप्ने जस्ता कामहरू भइरहेका छन् ।

२३) श्री अशोक विनायक द्यःछेँ (देवघर) पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

२४) चालु तथा स्वीकृत भएका ३७ वटा योजनाहरूमध्ये कुनै सम्पन्न भइसकेका छन् भने कुनै जारी रहेको अवस्था छन् । यी योजनाहरूमा मन्दिर, पाटी आदिको जीर्णोद्धार, बाटो, चोकमा इँटा छाप्ने, सौर्य बत्ती जडान गर्ने जस्ता कार्यहरू छन् ।

२५) हाल ७३ वटा नयाँ योजनाहरू शुरु गरिएका छन् । तीमध्ये केही सम्पन्न भइसकेका छन् भने अधिकांश चालु अवस्थामा रहेका छन् । नयाँ योजनामा कुमारी घर जीर्णोद्धार, शिवपार्वती मन्दिर जीर्णोद्धार, इन्द्रजात्रा र सेतो मछिन्द्रनाथको रथ तान्ने क्षेत्रमा बाटो मर्मत एवं मठ मन्दिरहरूमा झल्लर राख्ने कार्य, बहाल तथा चोकहरूको सौन्दर्यीकरण एवं इँटा छाप्ने कार्य, स्मार्ट ट्वाइलेट र प्रहरी बिट निर्माण आदि काम छन् ।

२६) ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको लागि गठन गरिएको “काष्ठमण्डप पुनर्निर्माण समिति” मार्फत २०७५ कार्तिक २२ गतेदेखि पुनर्निर्माण कार्य आरम्भ गरिएको छ । हाल यसको काठ र भुइँ तल्लामा काम भइरहेको छ । आगामी असार मसान्तसम्म पहिलो तल्ला सम्पन्न गर्ने समितिको योजना छ ।

२७) वडाहरूमा विपद् व्यवस्थापन समितिहरू गठन भएका छन् ।

२८) उपत्यका भित्रका अतिआवश्यक (इमर्जेन्सी) सम्पर्क नम्बरहरूको पुस्तिका (डाइरेक्टरी) प्रकाशन गरी वितरण गरिएको छ ।

२९) कामपा क्षेत्रभित्र रहेका खुल्ला क्षेत्रहरूको विवरण प्रत्येक वडा कार्यालयबाट तयार गर्न लगाएको छ ।

३०) विभागका कर्मचारीलाई ‘अर्लि वार्निङ सिस्टम’ को तालिम लिन लगाइएको छ ।

३१) कामपाभित्र रहेका पेट्रोल पम्प र ग्याँस डिपोहरूको अवस्थाबारे सर्वेक्षण कार्य भइरहेको छ ।

३२) आ.व. २०७५÷०७६ को श्रावणदेखि पौष मसान्तसम्ममा दर्ता तथा नविकरण भएका संघसंस्थाहरुको संख्या २,४९७ रहकेो छ ।

३३) अनुगमन गरी नविकरणका लागि सिफारिस गरिएका बालगृहहरूको संख्या २२ वटा रहेको छ भने बौद्ध भिक्षु बाल गृहहरूको संख्या ४ वटा छ । त्यस्तै ५ वटा मन्टेश्वरी, ३ वटा शिशु स्याहार केन्द्र, २ वटा पूर्व प्राथमिक विद्यालय र ६ वटा अल्पकालीन सेवा केन्द्र पनि नविकरणको लागि सिफारिस भएका छन् ।

३४) विभिन्न वडा कार्यालयहरूमा सीसीटीभी जडान भइरहेको छ ।

३५) कर्मचारीलाई विषयगत तालिम दिने क्रममा इलेक्ट्रोनिक्स गभर्मेन्ट प्रोक्योरमेन्ट सिस्टम, लेखा परीक्षण तथा बेरुजु, आर्थिक प्रशासन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

३६) वडा नं ९, १५, २३, २९ र ३१ मा सर्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी वडाहरूमा क्रमशः गरिने छ ।

३७) वडा कार्यायलहरू मार्फत सार्वजनिक सम्पत्ति संरक्षणको पहल भइरहेको छ ।

३८) स्नातकतह उत्तीर्ण सिभिल इञ्जिनियर तथा आर्किटेक्टहरूलाई सहरी विकास सम्बन्धी ६ महिने तालिम दिने ‘करियर क्याम्प’ को पहिलो ब्याच समापन गरी दोश्रो व्याच आरम्भ गरिएको छ ।

३९) काठमाडौंको वर्तमान सहरी समस्याहरूको पहिचान गरी त्यसलाई निराकरण गर्ने नौला तथा स्मार्ट प्रविधि सम्बन्धी अवधारणाको प्रतिस्पर्धा गर्न ‘स्मार्ट टेक्नोलोजी कम्पिटिसन’ आयोजना गरिएको छ । यसमा धेरै समूह र व्यक्तिले उत्साहपूर्वक आफ्ना प्रस्तावहरू दर्ता गरेका छन् ।

४०) काठमाडौं विभिन्न स्थानमा बनाउन लागिएका पार्क एवं पोखरीहरू जस्तो कि लगन टोलको शिलखाना, डिल्लीबजारको क्रियापुत्री भवन, महाराजगञ्जको शंखपार्क आदिको डिजाइनको काम भइरहेको छ ।

४१) वडा नं. १ स्थित कमलपोखरी पुनर्निर्माण र सौन्दर्यकरण कार्य लागि टेण्डर प्रक्रियामा गइसकेको छ ।

४२) स्मार्ट शौचालय निर्माणको लागि उपप्रमुखको अध्यक्षतामा अधिकार सम्पन्न कार्यदल गठन गरिएको छ ।

४३) मनोहरा जग्गा एकीकरण अन्तर्गत नदीको दायाँ बायाँ पर्खाल लगाउने काम भइरहेको छ ।

४४) सहरी सौन्दर्यीकरण र सुविधा वितरणमा अवरोध गु¥याउने ६१ वटा ग्यारेजलाई हट्न निर्देशन दिइसकेको छ ।

४५) शिक्षा विभागले महानगरभित्रका ६४० वटा बोर्डिङ स्कूल र ९१ वटा सरकारी स्कूलको अनुगमन गरिरहेको छ ।

४६) महानगरभित्रका श्रष्टालाई सम्मान गर्ने तयारी भइरहेको छ ।

४७) शिक्षा सम्बन्धी कार्य गर्ने ट््युसन सेन्टरलाई दर्ता प्रक्रियामा ल्याउने तयारी भइरहेको छ ।

४८) शिक्षकहरूलाई माघदेखि नै बैंकिंग प्रणाली भित्र ल्याउने प्रक्रिया शुरु भइसकेको छ ।

४९) गएको ६ महिनामा सडक पेटी अतिक्रमण गर्ने ६७२ जना, अव्यस्थित पार्किङ् गरिएका ४,७५६ वटा मोटरसाइकल, ९९ वटा छाडा चौपाया, ३९ वटा अनधिकृत बिज्ञापन र बिज्ञापनदातासहित जथाभावी फोहोर फाल्नेलाई पक्राउ गरी जरिवाना गरिएको छ ।

५०) वडा नं. २२, २३, २४ र २५ मा फुटपाथ पसल हटाउन विशेष अभियान सञ्चालन गरिएको छ ।

५१) विभिन्न स्थानमा पसलकवल अगाडि निकालिएका टपहरू काट्ने कार्य गरिएको छ ।

५२) आकाशे पुल र जेब्रा क्रसबाट मात्र बाटो काट्न सचेतना अभियान सञ्चालन गरिएको छ ।

५३) काठमाडौं महानगरपालिकामा रहेका १,८५६ वटा सहकारी संस्थाहरुको फाइललाई कम्प्युटरकृत अभिलेखीकरण गरिएको छ ।
अब फाइलहरु अनलाइनबाटै हेर्न सकिने भएको छ ।

५४) सहरकारीको अनलाइन प्रणाली पूर्णरुपमा कार्यान्वयन गर्नको लागि युजर नेम र पासवर्ड उपलब्ध गराएको छ । अब सहकारी संस्थाहरुले आफ्नै कार्यालयबाट कागजपत्र हेर्न भर्नु पर्ने विवरण भर्न सक्नेछन् ।

५५) सहकारी विभागमा परेका ६० वटा मुद्दाहरूको व्यवस्थापन गरिएको छ । त्यसमध्ये ३५ वटा मुद्दाहरूको फछ््र्यौट गरिएको छ ।

५६) तारादेवी फाउन्डेशन अक्षय कोषका लागि रु. १० लाख रुपैयाँ प्रदान गरिएको छ ।
५७) सिद्धिचरण प्रतिष्ठानको लागि रु. ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।