काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ, माघ । काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको थापाथली आसपास केन्द्रबिन्दु भएर ३।३ म्याग्निच्युटको भूकम्प गएको हो ।

केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ ।