बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ ब्यत्ति पक्राउ गरेको छ । ठुलीभेरी नगरपालिका ५ बस्ने २६ वर्षीय कुमार बुढा रहेका छन् । शनिबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गत बुधबार बुढाले ती बालिकालाई सोही ठाउँस्थित लाग्माको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन् ।

हालसम्म यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।