नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक २.१६ अंकले बढेर १ हजार ९ सय ६३.२२ अङ्कमा पुगेको छ ।

आजको भएको कारोबारमा २ सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाख २ हजार ९ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

आज बैंकिङ समूह ९.४१, विकास बैंक समूह १.६१, वित्त समूह ९.९४ र उत्पादन समूह १३.४० अंकले घटेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक १ सय ८३.३६ र निर्जीवन बीमा समूहको उपसूचक ५७.६९ अङ्कले बढेको छ । होटल तथा पर्यटन समूहको उपसूचक ४४.५३, लघुवित्त समूहको उपसूचक १६.३५, व्यापार समूहको उपसूचक १५.४४ र अन्य समूहको उपसूचक १०.८५ अङ्कले बढेको छ । ०८ अङ्कले

आजको भएको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।  नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.११ प्रतिशतले घटेको छ ।