सामाजिक काम गर्छु भन्ने जेसिस नेतृत्व विवाद

काठमाण्डौ ,माघ। सामाजिक कार्य गर्छु भन्ने संघसंस्थामा विवाद हुनु अहिले सामान्य बन्न थालेको छ । आफ्नो निहित स्वार्थ पूर्ति गर्नका लागि संघसंस्थाको नेतृत्व हडप्ने प्रचलनलाई धापासी जेसिसले पनि अंगालेको छ ।
‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने जेसिस अन्तर्गत धापासी जेसिसमा हालै सम्पन्न १३ औं अधिवेशनबाट चुनिएका नेतृत्व विवादमा मुछिए पछि सो कुरा बाहिर आएको हो ।
१३ औ शाखा अधिवेशनमा उम्मेदवारी छनौट प्रक्रियामा अध्यक्षका प्रत्याशी जेसी खेमराज अधिकारीलाई निर्वाचन अधिकृत तेजबहादुर शाहीले एकतर्फी र मनोमानी ढंगले नियमविपरीत अयोग्य घोषणा गरी हंकल्पित न्यौपानेलाई अध्यक्ष घोषणा गरेका थिए ।

जेसिसको माघ ११ गते बसेको तत्कालीन बोर्ड बैठकले उक्त निर्णय नियम विपरीत भएको भन्दै शाखाको विधान स्पष्ट नभएको र निर्वाचनमा देखिएको विवाद समाधान गर्न नेपाल जेसीजको विधान र नेपाल जेसीजको सम्पूर्ण नियन्त्रणमा निर्वाचन गर्नुपर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

बैठकको निर्णय विपरीत भोलिपल्ट माघ १२ गते जेसिसका केही पूर्व अध्यक्षहरुको प्रभावमा निर्वाचन अधिकृतले जेसी हंकल्पित न्यौपानेलाई विधिको शासनको वास्ता नराखी निवर्तमान अध्यक्ष र तत्कालीन अध्यक्षका उम्मेदवार बाहेक कोही पनि साधारण सदस्य नरहेको अवस्थामा निर्वाचित घोषणा गरेका थिए ।

केवल ४÷५ जना पूर्व अध्यक्षहरुको उपस्थितिमा सर्वसम्मतिले निर्वाचित अध्यक्ष भनी निर्वाचित अधिकृत जेसी तेजबहादुर शाहीले केही तस्विरहरु आफ्नो फेसबुकमा राखेपछि यो विवाद सार्वजनिक भएको थियो ।

उक्त निर्णयका विरुद्धमा तत्कालिन अध्यक्ष जेसी सुशील बुढाथोकी सहित बोर्ड सदस्यहरुले घोर भत्र्सना गर्दै निर्णय तत्काल सच्याउन माग गरी विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिका अनुसार घटनाको तत्काल छानबिन गरी आवश्यक कारबाही गर्नको निम्ति नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष समक्ष अपिल समेत गरेको छ ।

पदको लुँछाचुँडी गर्ने यस्ता नेतृत्वले समााज सेवा गर्छ भन्ने कुराको कसरी विश्वास गर्न सकिएला र ?