सैनिक कारबाहीमा ५ आतङ्ककारीको मृत्यु

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा ५ जना आतङ्ककारीको मृत्यु भएको छ । कारबाहीका क्रममा सुरक्षा बल र आतङककारीबीच भीषण गोली हानाहान भएको थियो ।

पाकिस्तानी सेनाको सञ्चार इकाइका अनुसार खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानस्थित झल्लार जिल्लाको अल्गाद क्षेत्रमा गरिएको कारबाहीमा १ जना सैनिक जवानको पनि मृत्यु भएको छ ।

मारिएका आतङ्रीबाट हतियार र गोलाबारुद बरामद गरिएको छ । उनीहरूले सुरक्षा बलविरुद्ध आतङ्ककारी गतिविधि गरेका तथा निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाउँदै आएका थिए । उक्त क्षेत्रमा सैन्य कारबाही जारी छ ।