बाढीपहिरोले कङ्गोमा १ सय जनाको मृत्यु

काठमाडौँ । कङ्गोमा भारी वर्षाका कारण बाढीपहिरामा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ । पसिहरोमा कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताएको छ ।

प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरामा परी हराएकाको खोजी भइरहेको जानकारी दिएको छ । पहिरोमा भएको क्षतिको आकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताएका छन् ।

झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।

गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको बताएका छन् । शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका ५ जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगरप्रमुख अलिद शिबान्डाले बताएका छन् ।

गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगरप्रमुख शिवान्डाले बताए । अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ । सन् २०१९ मा पनि बाढीपहिरामा परी ३२ जनाले ज्यान गुमाएका थिए ।