अन्तिम अवस्थामा पनि कागती बाजे माथि धोका

काठमाडौं । प्रजातन्त्र प्राप्तिका लागि निकै कष्ठकर र करीव १५ वर्ष वन्दी जीवन विताएका कारण ‘कैदी’ लाई सहयोग गरेमा पञ्चायी शासकहरुबाट पीडा भोग्नु पर्ने डरले सहयोग नपाएका व्यक्ति हुन् कागती बाजे अर्थात रामचन्द्र पौडेल ।

राजवन्दी भएकै कारण तनहुँको आफ्नै गाउँमा उनले कसैको पनि सहयोग पाउन सकेनन् । वल्लाघर पल्लाघरको असहयोग पछि उनको दैनिकी गुजार्न निकै कठिन भएको थियो । प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्ने क्रममा उनले आफ्नै बारीमा कागजी खेती गरे र त्यसबाटै आफ्नो गुजारा चलाउने प्रयास गरे ।

आफ्नो जन्मभूमिमा पाएको पीडा सायद उनले अहिले पनि भुल्न सकेका छैनन् । कसैको सहयोग नपाए पनि बारीमा कागती टिपेर डोको वोकेर दमौली पैदल आउने जाने गर्दै नेपाली कांग्रेसलाई निरन्तर सहयोग गरिनै रहे जसले उनी काग्रेसको उपसभापतिसम्म बन्न सफल भए । तर प्रधानमन्त्री बन्ने बाटोमा उनले पटक पटक धोका खाए आफ्नै बाट ।

१६ वर्षको हुँदादेखि नै राजनीतिमा प्रवेश गरेको कागजी बाजेले राजनीतिमा यसरी पटक पटक धोका पाएनुमा उनको निष्कलंक स्वभाव नै हो भन्छन् जानकारहरु । कहिले प्रधानमन्त्री पदका लागि हुने निर्वाचनमा धोका पाए । कहिले सांसद पदका लागि धोका पाए । पटक पटक उनले आफ्नै सहकर्मी शेरबहादुरबाटै धोका पाए । अहिले पनि उनी पार्टी सभापतिकै घमण्ड र दम्भका कारण धोका खाए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनका समयमा सत्ता गठवन्धनका शीर्षस्थ नेताहरु तनहुँ पुगेर कागजी बाजेलाई जिताउने अभियान भाषण पनि गरे ।
भर्खरै प्रधानमन्त्रीका रुपमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले तनहुँ बासी समक्ष वाचा गरेका थिए । ‘तपाईहरु रामचन्द्र जीलाई जिताएर पठाउनु प्रधानमन्त्री म बनाउँछु’ । तनहुँ बासीले जिल्लाले प्रधानमन्त्री पाउने संकेत देखेर जिताउर पठाए तर नतिजा भने उल्टो निस्कियो । प्रधानमन्त्री बनाउँछु भन्ने दाहाल नै प्रधानमन्त्री भए कागजी बाजे हिस्स ।

केही दिन अगाडिसम्म प्रधानमन्त्री नपाए पछि कागजी बाजेको योगदानलाई कदर गर्दै राष्ट्रपति बनाउने सहमति नभएको होइन । त्यसका लागि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजीले पटक पटक भेटघाट र छलफल गरेका पनि थिए ।

तर गठवन्धनको नेतृत्व गरिरहेका उनकै सभापति शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले पाउनु पर्ने अडान राखेपछि प्रचण्ड मिनेटभरमै परिवर्तन भए र उनी देउवासँग होइन ओलीसँग मिलेर सरकार बनाउन सफल भए । जसका कारण रामचन्द्र पौडेलेको राष्ट्रपति बन्ने चाहना एकाएक तुहियो ।

यसको प्रमुख कारण नै शेरबहादुर देउवा हुन् । जसले आफ्नो पाटीलाई संघ, प्रदेशमा प्राप्त सत्ताबाट विमुख गराए । अनि अन्तिम अवस्थासम्म संघर्ष गरिरहेको रामचन्द्र पौडेललाई कहिल्यै उठ्न नसक्ने गरी धोका दिए ।