नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै

काठमाडौँ । सरकारबारे धारणा बनाउन नेकपा एकीकृत समाजवादीको आज पोलिटव्युरो बिहान नेकपा एकीकृत समाजवादीको आज बैठक बस्ने भएको छ ।

बैठकमा नयाँ सरकारप्रतिको धारणा, पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार गठन गरे पनि एकीकृत समाजवादीले एकीकृत धारणा तय गर्न बाँकी रहेको जानकारी दिएका छन् ।

यद्यपि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले अनलाइनखबरसँगको अन्तर्वार्तामा कांग्रेस र माओवादीबाट आफूले धोका पाएको बताएका छन् ।