कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै

काठमाडौँ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज बस्दै छन्। निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन् । प्रदेश सभा सचिवालयले सबै तयारी पूरा भएको जनाएको छ। प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले अधिवेशनको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

प्रदेश सभाको प्रथम अधिवेशनको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गरनुपर्ने बताएका छन् ।

यसैगरी कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य छन्। तिनमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी० र स्वतन्त्रबाट एकरएक जना प्रदेश सभा सदस्य रहेका छन्।