कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

काठमाडाैँ  । कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा १० सुरक्षाकर्मी र ४ कैदी रहेका छन् । घटनामा १३ जना घाइते भएका छन् ।

मेक्सिकोको सीमवर्ती शहर जुआरेजमा रहेको एक कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण गरेका हुन् ।

कारागारमा  आक्रमण भए लगत्तै २४ कैदीबन्दीहरू  भागेका छन् । फरार भएका आक्रमणकारीहरुको परिचय नखुलेको जनाइएकाे छ ।