आन्तरिक राजश्व विभागको कीर्ते स्टिकरसहित दुृईजना पक्राउ

काठमाडाैँ । आन्तरिक राजश्व विभागको कीर्ते स्टिकरसहित प्रहरीले २  जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  पर्सा वीरगंज महानगरपालिका घर भएका २७ वर्षीय मनिषकुमार साह तेली र २५ वर्षीय रञ्जनकुमार राम रहेका छन् ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनीहरू भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गर्दा समातिएका हुन्। वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डमा गोप्य रूपमा निगरानी गर्दै गरेको अवस्थामा प्र.२-०३-००८ प २६६९ नम्बरको मोटरसाइकलमा वीरगंजतर्फ आउँदै गरेको अवस्थामा निजहरूलाई रोकी जाँच गर्दा  उनीहरूको साथमा नक्कली स्टिकर फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

मनिषकुमार साहले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा आन्तरिक राजश्व विभाग लिक्वर २५ अप ३ सय ७५ एमएल लेखिएको स्टिकर पाना-१ ३९ स्टिकर भएको फोटो पाना-१ फेला परेको हो।