भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु

काठमाडौँ । इजिप्टको असियट गभर्नोरेटमा आइतबार ५ तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

उद्धार टोलीहरूले भग्नावशेषमुनि १ बालिका र १ वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा २ युवाको मृत्यु भएको थियो । रासस