घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ । आज छापावाल सुनको मूल्य घटेको छ । सोमबार भएको कारोबारका तुलनामा प्रतितोला ४ सयले घटेर १ लाख ३ हजार ५ सयम किनबेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ४ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ ले घटेर प्रतितोला १ हजार ३ सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।