आँधीबाट सत्र जनाको ज्यान गयो

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताएका छन् ।

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताए । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँका मौसमसम्बन्धी अधिकारीहरुले आँधीका कारण केही वर्ष यताकै ठूलो क्षति भएको बताएका छन् । मौसम पूर्वानुमान शाखाका अधिकारीहरुले आँधीको सम्भावना रहेकाले बुधबार पनि घर बाहिर ननिस्कन सर्वसाधारणहरुलाई सूचना जारी गरेका छन् ।

यस आँधीले त्यहाँका जनावर तथा चौपाया पनि मरेका छन् । उनीहरुले सडक भत्किएका र यहाँका विजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरुमा क्षति पुगेको बताए । यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ ।

तर आँधी निरन्तर रहेकाले उनीहरुको उद्धारमा पनि कठिनाई उत्पन्न भएको बताएका छन् । सो राज्यमा संकटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै त्यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ ।

त्यहाँ चिसो मौसममा पनि यस्तो आँधी आउने गर्द र सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण कम्तीमा पनि २३ जनाको ज्यान गएको थियो ।