राष्ट्रिय भलिबल प्रतियोगिता नेपाल पुलिसको जित

काठमाडौँ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यसजितसँगै पुलिस समूह ‘ए’ को विजेता बनेको थियो ।

प्रतियोगितामा न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमाए । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित हासिल गर्‍यो भने खेलको चौँथो सेट न्यु डामण्डले आफनो पक्षमा पारेको थियो। न्यु डायमण्डले २५–२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५–१० ले जित हासिल गरेको थियो ।

आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल ९एपिएफ० कृष्ण एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह बी मा रहेको एपिएफ कृष्ण एकेडेमी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपिएफले पहिलो सेट २५–४ ले हरायोभने खेलको दोस्रो सेट २५–४ ले पाखा लगाएका थिए । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट एपिएफले २५–३ ले आफनो पक्षमा पारेको थिए ।