जिपको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौँ । जिपले ठक्कर दिँदा शितगंगा नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय ज्ञानबहादुर नेपालीको मृत्यु भएको छ ।

बिहीबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तर्गत भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा नेपालीलाई ठक्कर दिदाँ उनको मृत्यू भएको.थियो ।

ठक्करपछि टाउको र घुँडामा गहिरो चोट लागेर घाइते भएका नेपालीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीका अनुसार ठक्कर दिने गाडी तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।