रङ प्रयोग गरेर बदाम बिक्री गर्ने ५ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने ५ जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएका छन् ।

रसायनयुक्त पेन्ट प्रयोग गरेको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् । ५ वटा ठेलाबाट झण्डै ६ हजार मुल्य बाराबरको २४ किलो बढी अखाद्य रङ प्रयोग भएको बताए ।

बदाम रातो बनाउन अखाध्य वस्तु प्रयोग गरेर गाउँमा बदाम बिक्री गर्ने ५ ठेलाका बदाम र मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताएका छन् ।

अखाद्य रङ प्रयोग भएको बदाम नष्ट गरिएको र रातो बनाउन प्रयोग गरिने रङलाई थप जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएका छन् ।