हवाई दुर्घटनाको छानबिन गर्न सरकारको सहयोग : पर्यटन मन्त्री

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् ।

बिहीबार भएको प्रतिनिधिसभा बैठकमा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् ।

नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको उनले बताए । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको छ भने अझै १ जना शिशुको शव खोजी कार्य जारी रहेको जानकारी उनले दिए ।

मन्त्री किराँतीले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बललगायतका निकाय खोजी कार्यलाई निरन्तर दिइरहेको बताएका छन् ।