नेप्से परिसूचकमा ५.७१ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ५.७१ अङ्कले उकालो लागेर २ हजार १ सय ७८.८१ मा पुगेको छ । कारोबारको आधारमा ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.१५ अङ्कले उकालो लागेर ४ सय १५.०५ पुगेको छ ।

कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ सय ८ कम्पनीको शेयर मूल्य घटेको छ । कूल १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । कारोबार भएका विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता शेयर रू ३ अर्ब ४ करोड ४५ लाख २९ हजार तीन सय २९ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार २ सय ३३ पुगेको छ ।

आज भएको कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । १८ करोड ४ लाख ४४ हजार ६ सय ५३ बराबरको शेयर कारोबार गरेको छ । रिडी पावर  १२ करोड ३२ लाख २७ हजार आठ सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार पाँच सय दुई, अपि पावर कम्पनी रू नौ करोड ४५ लाख ७५ हजार एक सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको रू आठ करोड ८२ लाख १२ हजार सात सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १०% ले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी ९.५४, नेपाल पूर्वाधार बैंक ७.२०, ग्रीन भेञ्चर्स ६.७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले ६.१० प्रतिशतले कमाएका छन् ।