सुन तोलामा २ सयरुपयाँले घट्यो, चाँदी स्थिर

काठमाडौँ । सुन आज तोलामा २ सय रुपयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको थियो । आज १ लाख ५ हजारमा तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सयमा किनबेच भइरहेको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ७ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ७५ कायम रहेको महासङ्घले जनाएको छ ।