टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’का प्रमाण फेला

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण फेला परेको छ ।

गत पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीका प्रवक्ता तथा एसपी कमल थापाले बताएका छन् । उनका अुनसार क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको छ ।

सीआईबीले फिक्सिङको आशंका भएपछि डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीआईबीले सोमबार वा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।