रवि लामिछानेले आज नेपाली नागरिकताको प्रमाणपत्र लिँदै

काठमाडोँ । रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछाने अनागरिक भएसँगै उनले पुन नागरिकता लिने भएका हुन् ।

अनागरिक ठहरिएसँगै लामिछानेको संसद् र उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको थियो ।