त्रिहत्तरौं प्रजातन्त्र दिवस आज देशभर मनाइँदै

काठमाडौ । १०४ वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य गरि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरिएको दिनलाई स्मरण गर्दै हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राज्यशक्तिको श्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु पर्दछ भन्ने मान्यतलाई जनताले संघर्ष गर्दै चार सहितहरुले हाँसी हाँसी फाँसीमा चढेकै कारण प्रजातन्त्र प्राप्त भएको थियो । त्यसकारण पनि आजको दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ ।

त्यही प्रजातन्त्र प्राप्तिसँगै पटक पटक भएको आन्दोलनले लोकतन्त्र हुँदै २४० बर्षिय शाहवंशीय राजतन्त्रको अन्त्य भई संघीय गणतन्त्र स्थापना समेत भएको छ । तर राज्यश्रोतको शक्ति एवं सार्वभौमसत्ता जनतामा निहित हुनु पर्दछ भन्ने मूल्य र मान्यतालाई अक्षुण राख्नु पर्ने भएपछि पछिल्ला बर्षहरुमा ती सवै शक्ति नेता र राजनीतिक दलहरुका भएको भान नागरिकहरुले गर्न थालेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राजनीतिक दलको प्रमुखहरुले पनि शुभकामना व्यक्त गरेका छन् । यी शुभकामना आजको दिनका लागि मात्र नहोस् । नेपाली जनताले ३ सय ६५ दिन नै प्रजातन्त्रको अनुभूति गर्न पाउँन् । सवै नेपालीमा इकालोपाटीको तर्फबाट पनि प्रजातन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना ।