काठमाडौं स्थित पाकिस्तानी दुतावासले झण्डा फहरायो

काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा काठमाडौ स्थित पाकिस्तानी दूतावासले दूतावास परिसरमा झण्डा फहराईएको छ । कार्यवाहक राजदूत उमैर अलीले राष्ट्रिय झण्डा फहराएका हुन् ।

सो अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो । सो अवसरमा बोल्दै उमेर अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प र संकल्पको स्मरण गरे।

उनले हाम्रा पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिबद्धतालाई पुन पुष्टी गर्ने आवश्यकतालाई जोड दिए।
झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।