नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन् । उनी रामचन्द्र सङ्घाई प्यानलबाट विजयी भएकी हुन् ।

श्रेष्ठले प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पछाडि पारेकी थिइन् । कुल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ र आचार्यले ७ सय ८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।